Logo

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा



Spread the love

एजेन्सी । नेसन्स लिगका लागि पोर्चुगलले फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा गरेको छ । पोर्चुगल फुटबल संघले २५ सदस्यीय टोलिको घोषणा गरेको हो । साबिकको विजेता पोर्चुगलले पहिलो खेलमा क्रोएसियासँग सेप्टेम्बर ६ मा खेल्नेछ ।

युभेन्टसका क्रिस्टियानो रोनाल्डो, म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेज, म्यानचेस्टर सिटीका बर्नाडो सिल्भा, बार्सिलोनाका नेल्सन सेमेडो, लिलका रेनाटो सान्चेज, एट्लेटिको मड्रिडका जोओओ फेलिक्सले फर्नान्डो सान्चेजको २५ सदस्यीय टोलीमा स्थान बनाएका छन् ।

यस्तै आन्द्रे सिल्भा, डिएगो जोटा, गोन्सालो गुइडेस, ट्रिनकाओ, डानिलो पेरेरा, आन्द्रे गोमेस, रुबेन नेभेस, जोआ माउटिन्हो, र सेर्गियो ओलिभिरा छन् । यस्तै डिफेन्समा पेपे, जोआ कान्सेलो, डोमिन्गोस डुआर्ट, जोसे फोन्टे, रुबेन डियास, मारियो रुइ र राफेल गुएरेरो तथा एन्थोनी लोपेज, रुइ प्याट्रिसियो र रुइ सिल्भा छन् ।

प्रतिक्रिया दिनुहोस्