Logo

भारतमा संक्रमित हुनेको संख्या ३१ लाख ६७ हजार नाघ्यो, ५८ हजार बढीको मृत्यु



Spread the love

एजेन्सी । भारतमा कोभिड–१९ संक्रमित हुनेको संख्या ३१ लाख ६७ हजार ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ६० हजार ९७५ नयाँ संक्रमित फेला परेका हुन् ।

अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ५८ हजार ३९० जनाको मृत्यु भइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८४८ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो एकैदिन नौ लाख २५ हजार ३८३ नमुनाको कोरोना परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्