Logo

एकै प्रदेशमा थपिए १३ जना कोरोना संक्रमित



Spread the love

९ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा १३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।योसँगै गण्डकीमा संक्रमितका संख्या एक हजार नौ सय आठ पुगेको छ ।

कास्की र तनहुँका आठ जना महिला र पाँच जना पुरुषमा संक्रमण पुष्टि भएको हो । पोखरा चारका दुई जना सुरक्षाकर्मीमा पनि संक्रमण पुष्टि भएको छ ।

तनहुँको भानु नगरपालिकाका छ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये चार महिला र दुई पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस्