Logo

रानी मुखर्जीको ‘हिच्की’ ट्रेलर रिलिज



Spread the love

बलिउड अभिनेत्री रानी मुखर्जी अभिनित चलचित्र ‘हिच्की’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पटक–पटक बाडुल्की लाग्ने युवती जो शिक्षिका बन्ने चाहना राख्छे उक्त भूमिकामा रानीलाई देखाइएको छ । रानी अभिनित पछिल्लो चलचित्र ‘मर्दानी’ केही समय अघि रिलिज भएको थियो ।‘हिच्की’ले भने ओरालो लाग्दै गएको रानीको करियरलाई माथि उठाउने आशा गरिएको छ । कुनै समयकी नम्बर १ अभिनेत्री रानी विवाह बंधन पछी सिनेमामा कम देखिदै आएकी छन् । यसराज फिल्मसको व्यानरमा निर्माण भएको ‘हिच्की’मा रानीका पती आदित्य चोपडा सहनिर्माताको रुपमा छन् ।

यतिबेला हिच्कीलाई रानीको कमब्याक मानिएको छ । चलचित्रलाई सिद्धार्थ पी मल्होत्राले निर्देशन गरेका हुन् । मनीष शर्माको निर्माण रहेको चलचित्र फरबरी २३ मा रिलिज हुने छ ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/nLSaCFlXn-g

प्रतिक्रिया दिनुहोस्