Logo

‘अय्यारी’ को ट्रेलर सार्वजनिक



Spread the love

बलिउड अभिनेता मनोज बाजपेयी र सिद्धार्थको फिल्म ‘अय्यारी’को ट्रेलर रिलिज भएको छ ।फिल्म एक्शन, थ्रीलर र रोमान्सले भरपूर रहेको देख्न सकिन्छ ।फिल्ममा पुरा कहानी आर्मीमा चलेको घोटालासँग सम्बंधित रहेको छ । सिद्धार्थ मल्होत्रा एक आर्मी अफिसर हुन्छन तर अचानक उनि आर्मी छाडेर गैर कानूनी ढंगबाट व्यापार गर्न लाग्छन ।मनोज वाजपेयी जो सिद्धार्थको सीनियर आर्मी अफिसर हुन्छन।

यो फिल्मको कथा दुई जना जिद्दी स्वाभावका सेनाका अधिकृतहरुको वरपर केन्द्रित रहेको छ । दुवैजना  गुरु–चेला भएपनि यिनीहरुको विचार एक–अर्कासँग मेल खाँदैन ।

नीरज पाण्डे निर्देशित ‘अय्यारी’ मा मनोज, सिद्धार्थ र नसीरुद्दीन शाह, अनुपम खेर, विक्रम गोखले जस्ता कलाकारहरुको अभिनय रहेको छ । अय्यारीका मतलब ‘जो जतिखेर चाहन्छ रूप बदल्न सक्छ’।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/KcWXKmnZZVo

प्रतिक्रिया दिनुहोस्