Logo

चितवनका थप ४० जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

१० भदौ, चितवन । चितवनमा संक्रमण दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ ।

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ४० जना कोरोना संक्रमित भएका छन् । चितवनमा योसँगै ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये भरतपुर महानगरका मात्रै ३६ जना रहेका छन् ।त्यसैगरी आजको परीक्षणमा नवलपुर, रुपन्देही ,तनहुँ र धनुषाका एक–एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्