Logo

नेपाल ट्रायल गरिने कोरोनाको भ्याक्सिन कहिले आउँछ त ?



Spread the love

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध विभिन्न देशले भ्याक्सिन तयार गरिरहेको छ। चीन, रुस र बेलायतमा बन्दै गरेको कोरोनाको भ्याक्सिनको परीक्षण नेपालमा पनि हुने भएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा चीन, रुस र बेलायतमा विकासका क्रममा रहेका भ्याक्सिनको क्लिनिकल ट्रायल अगाडि बढाउन लागेको छ।

पछिल्लो चरण नेपालमा परीक्षणका लागि अनुमति पाएका खोप परीक्षणका लागि मात्र तयार भएका हुन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार खोप औषधि जस्तो चाँडै बन्दैन र औषधि बनाएपछि बिरामीलाई दिँदा काम गरेमा पास नत्र फेल भन्न मिल्छ। तर, खोप लगाइसकेपछि लामो समय पर्खेर हेर्नु पर्ने हुन्छ ।

अक्सफोर्ड भ्याक्सिन ग्रुपले बनाउदै गरेको भ्याक्सिन पनि सन् २०२१ अक्टोबरसम्म परीक्षण नै हुनेछ ।

खोप सफलता उन्मुख भइरहेकाले आशावादी बने पनि अपेक्षा गरेजस्तो चाँडै तयार भएर आम प्रयोगमा आउन समय लाग्ने अक्सफोर्ड युनिभर्सिटीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्