Logo

कोरोनालाई जितेर घर फर्किनेको संख्या १९५०४ पुग्यो



Spread the love

१० भदौ, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर ३७५ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या १९५०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

त्यस्तै, नेपालमा पछिल्लो २४ घन्टामा थप ८८५ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्