Logo

१४ दिनभित्र कोरोना संक्रमितलाई डिस्चार्ज नगरे सरकारले खर्च नबेहोर्ने



Spread the love

१० भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित विरामीलाई १४ दिनभित्र डिस्चार्ज गर्न निर्देशन दिएको छ । १४ दिनमा विरामी डिस्चार्ज नगरे त्यसको खर्च सरकारले नबेहोर्ने पनि मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले सामान्य लक्षण भएका कोरोना संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्न पनि अस्पताललाई निर्देशन दिएको छ ।

टेष्ट गर्दा नेगेटिभ आए होम आइसोलेनसमा बस्ने गरी घर पठाउनुपर्नेछ । पोजेटिभ आएकाहरुलाई थप चार दिन अस्पतालमा राख्नुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्