Logo

कोम्यानको नयाँ योजना – कोउटिन्होलाई भित्र्याउने, स्वारेज आउट



Spread the love

एजेन्सी । बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले खेलाडीहरुको फेरबदल गर्ने संकेत देखाएका छन् । यसैक्रममा फिलिप कोउटिन्हो फेरि क्याटलन क्लबमा फर्कने सम्भावना बढेको छ । कोम्यानको नयाँ योजनामा कोउटिन्हो पनि अटाएका छन्। उनले खुलेर नै भनिसकेका छन्, उनका लागि कोउटिन्हो निक्कै महत्त्वपूर्ण खेलाडी हुन् ।

अहिले कोउटिन्हो बिदा मनाउने क्रममा ब्राजिल पुगिसकेका छन् । तर, प्रशिक्षक कोम्यानले आफूमा चासो देखाएपछि उनी बिदा छोट्याएर भए पनि बार्सिलोना फर्कने प्रयासमा छन् ।

कोउटिन्हाले हालै सकिएको सिजनमा बार्यन म्युनिकका लागि च्याम्पियन्स लिगको उपाधी दिलाएका थिए । बार्सिलोनाले उनलाई लोनमा बायर्न पठाएको थियो ।

अहिलेसम्म कोउटिन्होको भविष्य के हुने हो ठ्याक्कै भन्न सकिने स्थितिको छैन । आफैं पनि बार्सिलोना फर्केर फेरि एकपल्ट आफूलाई प्रमाणित गर्न चाहन्छन् ।

बायर्नसँगकाे लज्जास्पद हारको महँगो मूल्य चुकाउनु पर्नेमा उरुग्वेली खेलाडी लुइस स्वारेज पर्न सक्छन् । बार्सिलोना र स्वारेजबीचको अनुबन्ध भने अझै एक वर्ष बाँकी छ । कोम्यान उनीसँगको अनुबन्ध तोड्ने मनसायमा छन् । कोम्यानले स्वारेजसँग फोनमा कुराकानी गर्दै स्वारेजलाई आफ्नो अबको टिममा नपरेको जानकारी दिएको स्पेनी मिडियाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्