Logo

मेस्सी बार्सिलोनामै रहे जोसेपले पद त्याग्ने



Spread the love

एजेन्सी। क्याटलान क्लव बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउले मेस्सी क्लबमै रहने भए आफू पद त्याग्न तयार भएको बताएका छन् । उनले त्यसका लागि मेस्सीले सार्वजनिक रूपमा आफू बार्सिलोनामै रहने बताउनुपर्ने सर्त राखेका छन् ।

च्याम्पियन्स लिगमा खराब प्रदर्शनपछि कप्तान मेस्सी नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको व्यवहारप्रति असन्तुष्ट छन् ।

सोही कारण उनले क्लव छाडने घोषणा गरेपछि बार्सिलोना पछिल्लो समय संकटमा छन् ।

प्रतिक्रिया दिनुहोस्