Logo

बालबालिकाहरुमा कोरोनाको संक्रमण दुर्लभ



Spread the love

एजेन्सी। वयस्कभन्दा बालबालिका तथा किशोरहरुमा कोरोनाको संक्रमण दुर्लभ भएको एक अध्ययनले जनाएको छ।

बेलायतमा गरिएको एक अनुसन्धानका अनुसार १ सय ३८ अस्पतालमा भर्ना भएका बिरामीमध्ये एक प्रतिशतभन्दा कम बालबालिका थिए र तीमध्ये एक प्रतिशतभन्दा कम वा ६ जना बालबालिकाको मात्रै मृत्यु भएको अनुसन्धानले देखाएको छ ।

विश्वव्यापी रुपमा हेर्ने हो भने कोरोनाभाइरसको संक्रमण देखिएका बालबालिकामा पनि कोहीमा हल्का लक्षण देखिएको छ भने कसैमा लक्षण नै देखिएको छैन । थोरै मात्रै बालबालिकाको संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्