Logo

भारतमा कोरोना संक्रमणले दिनहुँ नयाँ रेकर्ड बनाउँदै



Spread the love

एजेन्सी। भारतमा कोरोना संक्रमणले केही दिनयता दिनहुँ नयाँ रेकर्ड बनाउदै गएको छ । पछिल्लो २४ घन्टामा भारतमा ७६ हजार ८ सय २६ जना नयाँ संक्रमित थपिएका छन् । यो एकै दिनमा थपिएको संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

कोरोना संक्रमणबाट एकै दिन भारतमा १ हजार ६५ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कूल ३३ लाख ८४ हजार ५ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ । ६१ हजार ६ सय ९४ जनाको मृत्यु भइसकेको छ ।

भारतमा केही दिन यता सत्तरी हजारको हाराहारीमा संक्रमित थपिँदै गएका छन् ।

त्यस्तै २५ लाख ८३ हजार भन्दा बढी निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्