Logo

बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुनेछ – डोनाल्ड ट्रम्प



Spread the love

एजेन्सी। बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू एक्लै समाजवाद र अतिवाद जस्ता शक्तिविरुद्ध पर्खाल बनेर खडा रहने बताएका छन् । ह्वाइट हाउसको बगैँचाबाट बोल्दै बाइडन निर्वाचित भए देशको मौजुदा संकट थप गहिरिएर जानेमा जोड दिए ।

ट्रम्पले भने, ‘यो चुनावले तय गर्नेछ कि हामी अमेरिकी सपनालाई बचाउँछौँ कि हामी एक समाजवादी एजेन्डालाई आफ्नो मिहिनेतले बनाएको भाग्यलाई ध्वस्त पार्ने अनुमति दिन्छौँ ।’

कोरोनाको महामारीबीच ट्रम्पले १ हजारभन्दा बढी मानिसहरुको अगाडि आफ्नो भाषण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्