Logo

लिभरपुललाई टाइब्रेकरमा हराउँदै आर्सनलले जित्यो कम्युनिटी सिल्डको उपाधि



Spread the love

एजेन्सी।लिभरपुललाई हराउँदै कम्युनिटी सिल्डको उपाधि आर्सनलले जितेको छ । लिभरपुललाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै आर्सनलले उपाधि हात पारेको हो ।आर्सनलले १६ औं पटक कम्युनिटी सिल्ड उपाधि जितेको हो ।

वेम्बली रंगशालामा बुकायो साकाको पासमा औबामेयाङले खेलको १२ औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा वैकल्पिक खेलाडी ताकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए ।

निर्धारित ९० मिनेटमा खेल १-१ को बराबरी भएपछि टाइब्रेकरमा खेलको नतिजा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्