Logo

एकैदिन सर्बाधिक संक्रमित थपिएपछि भारतले बनायो नयाँ विश्व रेकर्ड



Spread the love

एजेन्सी । भारतले कोरोनाको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड बनाएको छ। एकै दिन ७८ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि भारतले नयाँ विश्व रेकर्ड कायम गरेको हो।

भारतले जुलाई १७ मा अमेरिकामा एकै दिन फेला परेका ७७ हजार २ सय ९९ संक्रमित संख्यालाई ताेड्दै नयाँ रेकर्ड कायम गरेको छ।

विश्वको कुनै पनि मुलुकमा एकै दिन यति धेरै संख्यामा संक्रमित फेला परेको यो पहिलोपटक हो।

प्रतिक्रिया दिनुहोस्