![](https://i0.wp.com/www.sallerikhabar.com/wp-content/uploads/2020/06/kutpit2.jpg?resize=640%2C385&ssl=1)
१४ भदौ, सिन्धुली। एसईईमा कम दिएको भन्दै सिन्धुलीको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले प्रधानध्यापक र शिक्षकमाथि हातपात गरेका छन् । जिल्लाको सुनकोसी गाउँपालिका–७ स्थित गणेश माविका विद्यार्थीहरुले आइतबार एसईईमा कम नम्बर दिएकाले प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन् ।
शिक्षकले कम नम्बर दिएकोले माथिल्लो शिक्षा लिन बञ्चित हुने भन्दै एक्कासि प्रधानाध्यापक र शिक्षकमाथि विद्यार्थीले हातपात गरेको शिक्षक झलक दाहालले जानकारी दिए ।
विद्यार्थीहरुको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा गम्भीर चोट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्