Logo

‘शेर बहादुर’ को टिजर रिलिज



Spread the love

चलचित्र ‘शेरबहादुर’को टिजर सार्वजनिक गरिएको छ । सस्पेन्सले भरिएको टिजरमा अभिनेता सुनिल थापालाई डरलाग्दाे लुक्समा देखाइएको छ । आर राजवंशीको निर्देशनमा बनेको चलचित्र शेरबहादुरको केही समय अघि एक गीत सार्वजनिक भएको थियो ।सार्वजनिक टीजरमा प्रेम, रोमान्स, एक्सन र थ्रिलर बिषयबस्तु समेटिएका छन् ।शेर बहादुर मा सुनिल थापा, कर्म, मेनुका प्रधान, रविन्द्र झाको मुख्य भूमिका रहेको छ । धिरज प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा गौरीशंकर धुन्जु र धिरज राजबंशीको लगानी छ । सिनेमामा कोशिस क्षेत्रीको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र प्रमोद क्षेत्रीको लेखन छ । फिल्म माघ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

हेर्नुहोस् टिजर:

https://youtu.be/DdRgHy5Qodk

यो पनि हेर्नुहोस्:

‘शेरबहादुर’को आइटम गीतमा मेनुकाको डान्स

प्रतिक्रिया दिनुहोस्