Logo

मार्क जुकरबर्गलाई पछाडी पार्दै विश्वकै तेस्रो धनी बने टेस्लाको सिईओ



Spread the love

एजेन्सी। मार्क जुकरबर्गलाई पछाडि पार्दै एलोन मस्क विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । टेस्ला कम्पनीको सेयर बढेर आएसँगै उनले फेसबुकका सह–संस्थापक मार्क जुकरबर्गलाई उछिनेका हुन् ।

मस्कको सम्पत्ति बढेर १.१५ खर्ब डलर पुगेको छ । जुकरबर्गको सम्पत्ति १.१० खर्ब डलर रहेको ब्लुमबर्ग इन्डेक्सले जनाएको छ ।

सोमबार नै जेफ बेजोसका पूर्वपत्नी म्याकेन्जी स्कट विश्वकै सबैभन्दा धनी महिला बनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्