Logo

नेशन्स लिग – स्पेन र जर्मनी बराबरीमा रोकियो



Spread the love

एजेन्सी। युइएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेन र जर्मनी बराबरीमा रोकिएको छ। समूह जीको खेलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ५१ औं मिनेटमा गोसेन्सको पासलाई सदुपयोग गर्दै वार्नरले जर्मनीलाई सुरुवाती अग्रता बनायो । रोड्रिगोको पासमा जोसे गायाले खेलको अन्तिम मिनेटमा स्पेनकालागि बराबरी गोल फर्काएका थिए ।

सन् २०१० को विश्वकप फाइनलपछि युरोपेली फुटबलका दुई पावर हाउस देश पहिलो भेटेका हुन् ।

सोही समूहको अर्को खेलमला युक्रेनले स्विटजरल्याण्डलाई २–१ ले हराउँदै ३ अंक बटुल्यो ।

प्रतिक्रिया दिनुहोस्