Logo

सुशान्त मृत्यु प्रकरण नयाँ मोड, दुई जना पक्राउ



Spread the love

१९ भदौ, एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा सीबीआईले रिया चक्रवर्तीसँग लगातार तेस्रो दिन सोधपुछ गरेको छ। सुशान्तकी प्रेमिका भनिएकी रिया आफ्ना भाइ शोविक चक्रवर्तीका साथमा सान्ताक्रुजमा डीआरडी गेष्ट हाउस पुगेकी छन्। जहाँ सीबीआईको अनुसन्धान टोली बसिरहेको छ।

यो प्रकरणमा अनुसन्धान गरिरहेको सिबीआईको यो पहिलो गिरफ्तारी हो । तर लागुऔषध कारोबारको विषयमा एनसिबीले पक्राउ गरेको हो। पक्राउअघि उनीहरु दुवै जनाको घरको खानतलासी पनि लिइएको थियो । एनसिबीले शौविकको ल्यापटप र अन्य केही कागजात नियन्त्रणमा लिएको छ । दुवैलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोले गिरफ्तार गरेको सञ्चारमाध्यामले जनाएका छन् ।

त्यस्तै, अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको नभई हत्या भएको भन्ने आम जनता र परिवारको दाबि पछि अहिले यस विषयको अनुसन्धान सिबिआइले गरिरहेको छ । यस क्रममा सुशान्तसँग जोडिएका एक दर्जन भन्दा बढीको बयान समेत लिइएको छ । घटनालाई राजनीतिक रंग दिन थालिएपछि यस प्रकरणलाई सिबिआइको जिम्मा दिइएको हो ।

सिबिआइले समेत अहिले सुशान्तको मृत्युको प्रकरण बारे ठोस धारणा बनाउन नसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्