Logo

नेदरल्यान्ड्सको विजयी सुरुवात, इटाली बराबरीमा रोकियो



Spread the love

एजेन्सी। युइएफए नेसन्स लिगमा पोल्यान्डमाथि नेदरल्यान्ड्सले जित निकालेको छ। गएराति भएको खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई १-० ले हराएको हो।

घरेलु मैदानमा भएको खेलमा हेडबोइनरको पासलाई सदुपयोग गर्दै वेर्गजिनले ६१ मिनेटमा गरेको निर्णायक गोल नै नेदरल्यान्ड्सलाई जितका लागि पर्याप्त बन्यो।

यहि समूहको अर्को खेलमा इटाली बराबरीमा रोकिएको छ। इटालीलाई बोस्निया हर्जगोभिनाले १-१ गोलको बराबरीमा रोक्यो। खेलमा अग्रता बोस्नियाले लिएको थियो।

त्यस्तै, समूह ‘ई’ मा नर्वेलाई अस्ट्रियाले २-१ गोलले पराजित गरेको छ।

समूह ‘एफ’ को खेलमा चेक रिपब्लिकले पनि स्लोकाभियामाथि ३-१ को जित हात पारेको छ।

प्रतिक्रिया दिनुहोस्