Logo

रुसले बनाएको खोपको सकारात्मक नतिजा- डब्ल्एचओ भन्छ, ‘भ्याक्सिन २०२१ को मध्य नभई आउँदैन’



Spread the love

एजेन्सी। कोरोनाविरुद्ध रुसले बनाएको स्पुतनिक भी खोपले सकारात्मक नतिजा देखाएको छ । खोपले बिना कुनै असर प्रतिरक्षा प्रणालीको विकास गरेको रुसका वैज्ञानिकले जनाएका हुन् ।

१८ देखी ६० वर्ष उमेर समुहका ३८ जनामा खोप दिइएको र उनीहरुको शरीरमा बिना कुनै असर प्रतिरक्षा प्रणालीको विकास भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यता, रुसले खोप बनाएको दाबी गरिरहदा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कि प्रवक्ता मार्गारेट ह्यारिसले अहिलेसम्म कुनै पनि खोप प्रभावकारी नदेखिएको भन्दै आगामी वर्षको मध्यसम्म पनि खोप बनिसक्ने अपेक्षा गर्न नसकिने उल्लेख गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्