Logo

४ देशले दिए चीनले बनाएको भ्याक्सिन परीक्षणका लागि अनुमति



Spread the love
FILE PHOTO

एजेन्सी । चीनले बनाउदै गरेको कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणका लागि चार वटा देशले अनुमति दिएको छ । चाइना नेशनल बायोटेक ग्रुप सीएनबीजी र सिनोवैक बायोटेक लिमिटेडले क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएको जानकारी दिएको हो ।

सर्बिया र पाकिस्तान तेस्रो चरणको परीक्षणका लागि अनुमति दिइसकेका छन् । पाकिस्तानमा भने बेइजिङ यूनिटले तयार पारेको खोपको मात्रै परीक्षण हुनेछ ।

संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टीना र जोर्डनमा पहिले देखि नै परीक्षण सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्