Logo

४ जिल्लामा थपिए ६७ जना कोरोना संक्रमित



Spread the love

२१ भदौ, पोखरा । सोमबार गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपार केन्द्र पोखरामा गरिएको परीक्षणमा गर्दा कास्कीका ३१ जना, पूर्वीनवलपरासीका १५, गोरखाका १८ र तनहुँका ३ जनाका संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस्