Logo

ब्राजिललाई उछिनेर भारत दोस्रो धेरै कोरोना संक्रमित देश



Spread the love

एजेन्सी। तीव्र गतिमा भाइरसको संक्रमण ग्रामीण भेगसम्म फैलिँदै गएपछि अवस्था थप भयाभह हुने देखिएको छ ।

पछिल्लो २४ घन्टामा अमेरिकापछि भारतमा धेरै कोरोना संक्रमित थपिएका छन् । भारतले दोस्रो स्थानमा रहेको ब्राजिललाई उछिनेको हो ।

अहिले भारतमा संक्रमितको संख्या ४२ लाख २ हजार ५ सय ६२ पुगेको छ । संक्रमणकै कारण मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । गएको २४ घण्टामा ९१ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्