Logo

कोरोनामुक्त प्रहरी भन्छन्, ‘सावधानी अपनाएर मनोबल उच्च पार्दा सजिलै जितिन्छ’



Spread the love

२२ भदौ, काठमाडौँ । प्रहरी उपरीक्षक विमलराज कँडेल आफ्नो कर्मचारी टोलीसहित स्याङ्जाको कार्यक्षेत्रमा खटिएकै बेला गत साउनमा कोभिड–१९ भाइरसबाट सङ्क्रमित हुनुभयो ।

कोरोनाको सङ्क्रमण रोक्ने कार्यसँगै बाढीपहिरो प्रभावितको उद्धार, जिल्लामा अतिविशिष्ट पाहुनाको आउजाउ, नियमित हुने बैठक÷छलफल, अपराध नियन्त्रणका क्रममा हुनुपर्ने दौडधूपका क्रममा उहाँ पनि सङ्क्रमित हुन पुग्नुभयो ।

“शुरुमा कार्यालयका केही प्रहरीलाई ज्वरो आयो, उनीहरुको स्वाब परीक्षण गराउँदा कोभिड–१९ देखियो, साउन ७ मा मैले पनि स्वाब परीक्षण गराएँ, मेरो पनि पोजेटिभ रिपोर्ट आयो”, कँडेलले सुनाउनुभयो, “त्योबेला कार्यालयका मात्रै ३८ जना सङ्क्रमित भेटिए ।” होम आइसोलेशनमा बसेर उच्च मनोबलका साथ कोरोनालाई पराजित गर्नुभएका उहाँले बेसार पानी र जडीबुटीलाई प्राथमिकता दिएको अनुभव सुनाउनुभयो । “आयूर्वेद चिकित्सकको सल्लाहमा जडीबुटी तथा आयुर्वेदिक औषधि खाएँ, बोझो, गुर्जाे उमालेर र तातो खानेकुरा खाएँ, शरीरलाई तातो राख्न नियमित व्यायाम पनि गरेँ”, कँडेलले अनुभव सुनाउँदै भन्नुभयो, “आवश्यक सावधानी र उच्च मनोबल बनाउँदा सजिलै जितिने रहेछ ।”

शरीरमा लक्षण देखिएन, तर समाजले लगाएको लाञ्छनाले भने उहाँको मनमा नमीठो चोट प¥यो । सङ्क्रमण नभएका प्रहरीलाई सामान दिन हिचकिचाउने, कुनै चिज लिन जाँदा पसल नै बन्द गर्ने अवस्था देखिए । त्यसबाट प्रहरी कर्मचारी हतोत्साही भएनन् । सामाजिक दूरी कायम गर्न सके र मास्क नियमित लगाएमा सर्ने सम्भावना अत्यन्तै कम हुन्छ भन्ने कुरा समाजमा चेतना नपुगेको सङ्क्रमित प्रहरीले अनुभव गरेका छन् ।

कोभिड–१९ को महामारीका क्रममा अग्रपङ्क्तिमा रहेर जनताको स्वास्थ्यसँगै मुलुककको शान्ति÷सुरक्षामा खटिनेमध्ये कँडेलजस्तै धेरै प्रहरी छन् । कोरोना भाइरसको महामारीकाबीच प्रहरी सक्रिय छन् । सङ्कट व्यवस्थापनसँगै सडक र शहर सुरक्षा, विपद् उद्धार र दैनिक कार्यमा पर्ने अन्य शान्ति सुरक्षाका कममा प्रहरी व्यस्त छन् । आर्कतर्फ यसरी सरकारको आदेश पालनामा अहोरात्र खटिँदा सङ्क्रमित हुने क्रम बढ्दो छ ।

कर्तव्यपालनाकै क्रममा थाहै नपाइ कोरोना सङ्क्रमित हुनुपर्दाको मानसिक पीडा उनीलाई अरु मानिसलाई झैँ नहुने कुरै भएन । तर सङ्क्रमणमा परे पनि फेरि राष्ट्रसेवामा फर्कने दरिलो आँटसहित आइसोलेशन कक्षमा आम मानिस झैँ बसे । अनि उच्च मनोबलका साथ कोरोना भाइरसलाई जितेर धमाधम कार्यस्थलमा फर्कदैछन् ।रासस

प्रतिक्रिया दिनुहोस्