Logo

नेसन्स लिग – इटाली र पोल्यान्ड विजयी, नर्वेको फराकिलो जित



Spread the love

एजेन्सी । नर्वेले यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा नर्वेले नर्दन आयरल्यान्डलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

नर्वेलाई जित दिलाउन हालाण्ड र आलेक्सेन्डर सार्लाेथले दुई–दुई तथा मोहमेद इलोनोसीले एक गोल गरे । उता नर्दन आयरल्यान्डका लागि पेड्डइले एक गोल गरे ।

समूह चरणको दोस्रो खेलमा पोल्यान्डले जित निकालेको छ । सोमबार राति भएको खेलमा पोल्यान्डले बोस्नियालाइई २–१ गोल अन्तरले पराजित गरेको हो ।

त्यस्तै, इटालीले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । गएराती भएको खेलमा इटालीले नेदरल्यान्ड्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्