Logo

सेमीफाइनल – सन्दिप सम्मिलित जमैकाले अपराजित ट्रिनबागोसँग प्रतिस्पर्धा गर्दै



Spread the love

एजेन्सी। क्यारेबियन प्रिमियर लिग(सिपिएल) अन्तर्गत पहिलो सेमीफाइनलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्ध जमैका तलावाजले ट्रिनबागो नाइट राइडर्सको सामाना गर्दैछ । ब्रायन लारा स्टेडियममा खेल नेपाली समयअनुसार आज साँझ ७:४५ बाट सुरु हुनेछ।

फाइनल पुग्न जमैकाले ट्रिनबागोको १० खेलमा अपराजित यात्रा समाप्त गर्दै स्तब्ध पार्नुपर्नेछ।

नेपाली स्पिनर लामिछानले लिग चरणका दश खेलमा जमैकाका लागि १२ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्