Logo

एकै उद्योगका १९ जना कोरोना संक्रमित देखिएसँग नगरपालिका सिल !



Spread the love

२३ भदौ, बर्दिया । मंगलबार चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने बर्दियामा रहेको उद्योग सिजी फुड्समा कार्यरत १९ जनामा कोरोना पुष्टि भएको छ ।

 बाँसगढी नगरपाालिकामा गरिएको स्वाब संकलनमा ४ जना, बासँगढी नगरपालिका १२ जना, नवलपरासीका १, सिरहाका १, मोरङका १ र सुनसरीका १ जना, बर्दियाकोे बढैयाताल गाउँपालिकामा २ र बारबर्दियाका १ जनामा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ ।

उनीहरु सबै बाँसगढीमा संचालित चौधरी ग्रुप (सिजी फुड्स) का कामदार रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्