Logo

सन्दिप सम्मिलित जमैका सेमिफाइनलबाटै बाहिरियो, ट्रिनबागो फाइनलमा



Spread the love

एजेन्सी। क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तालवाज सेमिफाइनलबाटै बाहिरिएको छ । मंगलबार राति भएको खेलमा जमैकालाई ९ विकेटले पराजित गर्दै ट्रिनबागो नाइट राइडर्स फाइनलमा प्रवेश गरेको हो।

टस हारेर पहिले ब्याटिङ थालेको जमैकाले निक्कै कमजोर सुरुवात गरेको थियो। जमैकाका कुनै पनि व्याट्सम्यानले खुलेर ब्याटिङ गर्न सकेनन् । जमैकाले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा मात्र १०७ रन जाेडेकाे थियो । जवाफी ब्याटिङमा उत्रिएको ट्रिनबागोले १५ ओभरमा १ विकेटको क्षतिमा १११ रन बनाउँदै सानदार जित निकाल्यो।

यस सिजनको १० खेलमा सन्दीपले १२ विकेट लिएका छन् । सबै खेलमा विकेट लिन सफल सन्दीप सेमिफाइनलमा भने सफल हुने सकेनन् । ४ ओभर बलिङ गरेका उनले बिना विकेट २९ रन दिए।

प्रतिक्रिया दिनुहोस्