Logo

उपत्यकामा एक साता निषेधाज्ञा थप्न मन्त्रालयको सुझाब



Spread the love

२४ भदौ, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो छैन। केहि महिनादेखि नेपालमा कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ। संक्रमण उच्च भएपछि काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको छ ।

अबको एक साता लकडाउन थप्दा महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो ।

तीन सातादेखि जारी निषेधाज्ञा आज राति १२ बजेबाट सकिदै छ ।

प्रतिक्रिया दिनुहोस्