Logo

किन रोकियो अक्सफोर्डको अन्तिम क्लिनिकल भ्याक्सिन परीक्षण ?



Spread the love
FILE PHOTO:

एजेन्सी। हाल संसारभर करिब एक दर्जन खोप विकासका क्रममा छन् । तीमध्ये अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी हुने अपेक्षा गरिएको छ। त्यसैबिच, अस्ट्राजेनेले तयार गरेको भ्याक्सिनको अन्तिम क्लिनिकल परीक्षण बिचैमा रोकिएको छ।

बेलायतको परीक्षणमा सहभागी एक जनामा ट्रान्सभर्स मायालाइटिस समस्या देखिएको जनाएको छ । भाइरल संक्रमणका कारण हुने उक्त बिमारीले मानिसको मेरुदण्डमा असर पुर्‍याउन सक्ने जनाइएको छ। यद्यपि सहभागी स्वयंसेवकमा खोपकै कारण उक्त समस्या देखिएको यकिन नभइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्