Logo

कोरोना सङ्क्रमण नियन्त्रणमा ट्रम्पले कुनै चासो नदिएको खुलासा



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना सङ्क्रमण नियन्त्रण गर्न कुनै चासो नदिएको खुलेको छ । ट्रम्पलाई कोरोनाभाइरस फ्लूको तुलनामा अत्यधिक खतरनाक छ भन्ने थाहा हुँदाहुँदै उनले संक्रमण नियन्त्रणमा ध्यान नदिएको वरिष्ठ पत्रकार बब वूडवार्डले लेखेको पुस्तकमा उल्लेख गरिएको छ ।

उनले राष्ट्रपति ट्रम्पसँग सन् २०१९ को डिसेम्बरदेखि सन् २०२० को जुलाइसम्ममा १८ पटक अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा कोरोनाको पहिलो मृत्यु हुनु अघि नै उनले कोरोना एक घातक रोग भएको जानकारी दिएका थिए ।

किताबको प्रतिक्रिया दिँदै ट्रम्पले कोरोनाको विषयमा मानिसहरुबीच त्रास नफैलियोस भन्ने आफूले चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्