Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो, संसारकै १ नम्बर सुचिमा



Spread the love

२६ भदाै, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता १ हजार ९० जनाको मृत्यु भएको छ भने हिजो १० तारिखमा ११ सय ५४ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या घटेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको हो । ३८ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख ९६ हजार ३ सय २८ जनाको मृत्यु भएको छ भने ६५ लाख ८८ हजार भन्दा बढी संक्रमित भएका छन् । ३८ लाख ७९ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्