Logo

अपराजित ट्रिनबागो नाइट राइडर्सलाई सिपिएलको उपाधि, पोलार्ड सर्वोत्कृष्ट



Spread the love

एजेन्सी। अपराजित ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग ( सिपिएल ) को आठौँ सिजनको उपाधि हात पारेको छ। फाइनलमा सेन्ट लुसिया जुक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले उपाधि जितेको हो।

ब्रायन लारा स्टेडियममा भएको खेलमा सेन्ट लुसियाले दिएको १५५ रनको लक्ष्य ट्रिनबागोले २ विकेटको नोक्सानीमा १२ बल बाँकी छदै पुरा गर्यो।

लेन्डल सिमोन्स र डेरेन ब्राभोले अविजित शतकीय साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। ब्राभोले ४७ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै अविजित ५८ रन बनाए।

यस अघि टस हारेर पहिले ब्याटिंग थालेको सेन्ट लुसियाले १९.१ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनाएको थियो।

काइरन पोलार्ड प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिए जसले बलिंगमा ८ विकेट तथा ब्याटिंगमा २०७ रन बनाए।

प्रतिक्रिया दिनुहोस्