Logo

इङ्ल्याण्डविरुद्धको पहिलो एक दिवसीयमा अष्ट्रेलिया विजयी



Spread the love

एजेन्सी । इङ्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाले जित निकालेको छ । म्यान्चेष्टरमा भएको खेलमा अष्ट्रेलिया १९ रनले विजयी बनेको हो ।

तीन खेलको एक दिवसीय सिरिजमा अष्ट्रेलिया १–० ले अग्रता बनाएको छ ।

२ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९ विकेटको नोक्सानीमा २ सय ७५ रन मात्र बनायो ।

साम विलिङ्सले शतकीय पाली खेल्दै १ सय १८ रन बनाएपनि टोलीलाई हारबाट बचाउन सकेनन् । जानी बेयरस्टोले ८४ र कप्तान इयान मोर्गानले २३ रन बनाएका थिए ।

यसअघि, अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनायो ।

तीन खेलको सिरिज अन्तर्गतको दोस्रो एकदिवसीय भोलि हुनेछ।

प्रतिक्रिया दिनुहोस्