Logo

अक्सफोर्डले बनाएको भ्याक्सिनको पुन: परीक्षण सुरु हुँदै



Spread the love

एजेन्सी । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरिरहेको कोरोनाबिरुद्धको खोपको फेरि परीक्षण सुरु हुने भएको छ । बेलायतमा भइरहेको तेस्रो चरणको मानवीय परीक्षणको क्रममा केही व्यक्तिमा समस्या देखिएपछि केही दिनअगाडि खोप परीक्षण बन्द भएको थियो।

धेरै संख्यामा खोपको परीक्षण गर्दा केही व्यक्तिमा असर गर्नु सामान्य भएको भन्दै पुन: परीक्षणलाई निरन्तरता दिन लागिएको हो ।

यसबीचमा गरिएको अध्ययनमा परीक्षण गर्न सुरक्षित रहेको पाइएपछि अब त्यसलाई अघि बढाइने भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्