Logo

क्रिकेटर भण्डारीको स्वास्थ्य अवस्था सामान्य



Spread the love

२९ भदौ, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। आइतवार दुर्घटनामा परेका भण्डारीको सिटी स्क्यान गर्दा टाउकोमा चोट नदेखिएको उपचाररत डाक्टरलाई उदृत गर्दै क्यानले जनाएको छ।

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाईकल आपसमा ठोकिएको थियो। जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर १० का राष्ट्रिय क्रिकेट खेलाडी २८ वर्षका भण्डारी र उनका भाइ नाता पर्ने २४ वर्षका करन ठगुन्ना घाइते भएका कञ्चनपु्र प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्