Logo

‘बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ’



Spread the love

एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राखेका छन् । उनले एक अन्तर्वार्ताका बोल्दै त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्ने बताए ।

पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना बच्चाकै अगाडि लाहोरको एक सडकमा सामुहिक बलात्कृत भएकी थिइन् ।

पाकिस्तानमा बलात्कारीलाई गर्ने कारबाहीका विषयलाई लिएर विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्