Logo

नेपालमा ह्वात्तै बढ्यो प्याजको मूल्य, अनुगमनमा गएका मन्त्रीलाई नै ठगे व्यापारीले



Spread the love

३१ भदौ, काठमाण्डाै। भारतले प्याजको निर्यात रोकेपछि नेपालमा प्याजको मूल्य आकाशिएको छ। भदौ २९ देखि भारतले प्याज निर्यात रोकेपछि प्याजको मूल्य महँगो भएको हो।

भारतबाट नआएपछि नेपालमा प्याज अभाव हुनुको साथै मूल्य समेत ह्वात्तै बढेकाे ब्यबसायीहरु बताउँछन् ।

व्यापारीहरुले एक किलो प्याजको मूल्य १३० देखि १५० रुपैयाँ सम्म लिने गरेको ग्राहकले गुनासो गर्दै आएपछि सरकारले अनुगमन तीव्र बनाएको छ ।

अनुगमनको लागि बुधबार बिहान उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट ग्राहकको भेषमा बजार अनुगमनमा गएका थिए ।

नचिनिने गरी बजार पुगेका मन्त्री भट्टले बल्खुका ७ वटा पसलमा प्याजको मूल्य अनुगमन गरेका थिए । ति पसलहरुमा अघिल्लो दिनसम्म ७५ रुपैयाँ बेचिएको प्याज एक सय १० रुपैयाँमा बिक्री भइरहेको पाइएको हो ।

आफू ठगिएपछि मन्त्री भट्टले तत्कालै स्थानीय प्रशासनलाई जानकारी गराएर बढी मूल्य लिने व्यापारीलाई कारबाही गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्