Logo

पीएसजीको संघर्षपूर्ण जित, नेयमारलाई दुई खेलमा प्रतिबन्ध



Spread the love

एजेन्सी । फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पहिलो जित निकालेको छ । पिएसजीले मेट्जमाथि १-० को संघर्षपूर्ण जीत निकालेको हो ।

पिएसजीको जीतमा जुलियन ड्राक्सलरले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो ।

पिएसजीका नेयमारलाई दुई खेलमा प्रतिबन्ध लागेको छ । फ्रेन्च लिग वानमा मार्सेविरुद्धको खेलमा उनले रातो कार्ड पाएका थिए । खेलको अन्त्यमा सुरु भएको झगडामा उनीसँगै ५ खेलाडीले रातो कार्ड पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्