Logo

मैत्रीपूर्ण खेल- मेस्सीको दुई गोलको मदतमा बार्सिलोना विजयी



Spread the love

एजेन्सी। प्रि सिजन अन्तर्गत जिरोनासँग भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी भएको छ। मेस्सीको दुई गोल मद्दतमा बार्सिलोनाले जिरोनाविरुद्ध ३–१ गोलअन्तरले पराजित गरेको हो।

बार्सिलोनाका लागि फिलिप्पे काउटिन्होले २१ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। ४५औं मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाए ।

लगत्तै एक मिनेट नबित्दै श्यामुयल सुइजले जिरोनाबाट एक गोल फर्काए। ५१औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ को जित दिलाए।

प्रतिक्रिया दिनुहोस्