Logo

स्याली आँधीबाट सयौं मानिस घरबारविहीन, जनजीवन नराम्रोसँग प्रभावित



Spread the love

एजेन्सी । अमेरिकाको दक्षिणी क्षेत्रमा वर्षासँगै आएको आँधी र बाढीले जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

स्याली नामको आँधीले अमेरिकाको फ्लोरिडा, पेन्साकोला क्षेत्रमा धेरै घरहरु भत्काएको छ ।

सयौं मानिस घरबारविहीन बनेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । आँधीले थप क्षति पुर्‍याउन सक्ने अनुमान मौसमविदले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्