Logo

युरोपा लिगमा टोटेनहम र एसी मिलान विजयी



Spread the love

एजेन्सी। युरोपा लिग अन्तर्गत इंग्लिस क्लब टोटेनहम र इटालियन क्लब एसी मिलानले जित निकालेको छ। गएराति भएको खेलमा टोटेनहमले लोकोमोटिभ प्लोभ्दिभलाई २-१ गोलले पराजित गरेको हो।

दोस्रो हाफकाे ७१ औं मिनेटमा घरेलु टोलीका लागि जिओर्जी मिन्चेभले गोल गर्दै लोकोमोटिभलाई अग्रता दिलाए । त्यसको ८ मिनेटपछि नै टोटनह्यामका लागि पेनाल्टीमार्फत ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए । ८५ औं मिनेटमा लुकास मोउराको पासमा वैकल्पिक खेलाडी टान्गी एनडोम्बेलेले गोल गर्दै खेलमा टोटनह्यामलाई अग्रता दिलाए ।

त्यस्तै, एसी मिलानले आयरल्यान्डको शामरक रोवर्स एफसीलाई २-० गोलले पराजित गरेको हो।

मिलानका लागि इब्राहिमोविकले २३ औं मिनेटमा पहिलो गोल गरेका थिए। यस्तै चल्हाल्नोग्लु ६७ मिनेटमा टिमको अग्रता दोब्बर पार्दै जित पक्क गरे।

प्रतिक्रिया दिनुहोस्