Logo

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘कुलमानको पुनर्नियुक्ति नेपालको कानुनले नै दिदैँन’



Spread the love

२ असोज, काठमाडौं। सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न नेपालको कानुनले नदिले बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुलमानलाई पुनर्नियुक्ति गर्न कानुनी अड्चन भएको तर सरकार भने सकारात्मक रहेको स्पष्ट पारे ।

उनलेे देशको हित र कार्यक्षमताका आधारमा प्राधिकरणको निर्देशक नियुक्त गरिने जानकारी दिए ।

घिसिङको ४ वर्षे कार्यकाल आइतबार नै सकिएको थियो । उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज व्यापकरुपमा उठे पनि सरकार भने यसबारे कुनै ठोस कदम चालेको छैन ।

प्रतिक्रिया दिनुहोस्