Logo

बुन्डेसलिगाको सानदार सुरुवात, साल्केको पोस्टमा बायर्नको ८ गोल



Spread the love

एजेन्सी। बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार सुरुवात गरेको छ । घरेलु मैदानमा बायर्नले साल्केमाथि ८–० को फराकिलो जित हात पारेको हो ।

एरिनामा गएराति भएको खेलमा चौथो मिनेटमा नै जिनाब्रीको गोलबाट बायर्नले सुरुवाती अग्रता बनायो । १९औं मिनेटमा थोमस मुलरको पासलाई सदुपयोग गर्दै लियोनले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ३१औं मिनेटमा प्राप्त पेनाल्टीमा लेवान्डोस्कीले गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफको शुरुमै जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई फराकिलो जिततर्फ धकेले । ५९औं मिनेटमा जिनाब्रीले ह्याट्रिक पुरा गर्दा बायर्नले खेलमा ५–० को अग्रता लियो ।

६९औं मिनेटमा लेवान्डोस्कीको पासमा थोमस मुलरले गोल गरेपछि बायर्न खेलमा ६–० को अग्रता बनायो ।

त्यसको दुई मिनेटपछि लिरोए सानेले बायर्नका लागि पहिलो गोल गरे । ८१औं मिनेटमा लेवान्डोस्कीकै पासमा सब्सिच्युट जमल मुसिएलाले गोल गर्दै बायर्नलाई ८–० को सानदार जित दिलाए ।

जितसँगै बायर्नले ३ अंक जोडेको छ । पराजित साल्के अंकविहीन छ ।

प्रतिक्रिया दिनुहोस्