Logo

रुसले बनायो कोरोना संक्रमितका लागि एन्टिभाइरल औषधि



Spread the love

एजेन्सी। रुसले कोरोना संक्रमितको उपचारका लागि एन्टिभाइरल औषधि तयार गरेको छ । कोरोनाविरुद्धको खोपमा बनाएको रुसले सामान्य लक्षणसहितका संक्रमितको उपचारका लागि कोरोनाभिर नामक औषधि तयार गरेको हो ।

रुसको नियामक निकायले अनुमति दिएको आर–फार्म कम्पनीले बनाएको सो औषधि आगामी हप्ता बजारमा उपलब्ध हुने बताइएको छ ।

यसअघि मे महिनामै रुसले एभिफाभिर नामको औषधिलाई संक्रमितमा प्रयोगका लागि अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्