Logo

रसियामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउने नेपाली को हुन् ?



Spread the love

४ असोज, काठमाडौं । विश्वलाई नै आतंकित बनाएको कोरोनाभाइरसको अहिलेसम्म कनै खोप बजारमा उपलब्ध हुन सकेको छैन ।यद्यपि, रुसले कोरोनाविरुद्ध भ्याक्सिन बनाएको दाबी गरेको छ। उक्त खोप अहिले तेस्रो चरण परीक्षण हुँदैछ।

यो भ्याक्सिन रुसमा सर्वसाधारणमा लगाउन थालिएको छ। यसैबीच, रुसमा रहेका एक नेपालीले पनि खोप लगाएका छन् । नेपालको सल्यान पुख्र्यौली घर भएका मस्कोमा कार्यरत ६१ वर्षीय डा महेश श्रेष्ठले शनिबार कोराना भाइरसविरुद्धको भ्याक्सिन लिएका हुन्।

श्रेष्ठको नाम अनलाइनमा लक्की ड्र मार्फत छानिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ। श्रेष्ठको भ्याक्सिन लगाए पछिको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्