Logo

तपाई कोरोनाका कारण साउदी फर्कन पाउनुभएको छैन ? अब यि प्रक्रियाहरु पूरा गरे सजिलै फर्कन पाउनुहुनेछ !



Spread the love

काठमाडौं । तपाई कोरोनाभाइरसका कारण साउदी फर्कन पाउनुभएको छैन भने अब यि प्रक्रियाहरु पूरा गर्नु भए सजिलै फर्कन पाउनुहुनेछ।
बिदामा घर आउनुभएका वा पुन: आगमन भिसामा आउनुभएको थियो भने अब कम्पनीले अनुमति दिएको नो अब्जेक्सन लेटर लिनुपर्छ ।
नेपाल सरकार, वैदेशिक रोजगार कार्यालयले प्रदान गरेको श्रम स्वीकृतिको म्याद सकिन लागेकाहरुले श्रम स्वीकृति लिएर मात्र यात्रा गर्नुपर्छ ।
यो प्रक्रिया र कागजात पूरा गरेपछि साउदी पुग्नेदिनको ४८ घण्टा भित्रको समय रहने गरी एऋच् परीक्षण गर्न पर्छ ।

स्वास्थ्य सम्बन्धी सबै व्यवस्थाहरु पालना गर्नेछु भनेर कागजातमा हस्ताक्षर गर्नु पर्नेछ ।

भिसाको म्याद सकिएकाहरुको हकमा यही सेम्टेम्बर ३० सम्म भिसा र अकामाको अवधि स्वत नवीकरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्